१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोमानियाको ग्यास स्टेशनमा विष्फोट हुँदा १ जनाको मृत्यु, ५७ जना घाइते


1.209k
Shares

एजेन्सी । रोमानियाको ग्यास स्टेसनमा एकसाथ भएको दुईवटा विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन् ।

राजधानी बुखारेस्ट नजिकैको डाम्बोभिटा काउन्टीमा रहेको उक्त ग्यास स्टेशनमा भएको पहिलो विस्फोटमा ७ जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो ।

मृतकको शरीर जलेको वा अन्य चोटपटक भने लागेको थिएन । विष्फोटको आवाजले हृदयघात मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दोस्रो विस्फोटमा ५० जना घाइते भएका हुन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि बेल्जियम र इटाली पठाइएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

ग्यास स्टेशनमा विष्फोटपछि अन्य काउन्टिहरुमा रहेका ग्यास स्टेशनहरुमा पनि दमकल र अग्नि नियन्त्रक खटाईएको थियो । विष्फोटको कारण भने खुल्न सकेको छैन ।