२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानमा महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध


234
Shares

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ ।

अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो ।

सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए । यसैबीच अफगनिस्तानका पुर्व महिला सांसद मरियम सोलेमानखिलले तालीवान सरकारको यो निर्णयको बिरोध गर्दै महिलाहरुको हक अधिकारका लागि लडिरहने बताउनुभएको छ ।

अफगनिस्तानको ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जलाई युनेस्कोले बिशेष भू बैज्ञानिक संरचनाको प्राकृतिक पार्क भनी वर्णन गरेको छ ।