
एजेन्सी । फ्रान्सका सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई पूरै शरीर ढाक्ने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाइएको छ ।
विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम लागू गरिएको हो । आगामी सेप्टेम्बर ४ बाट लागू गरिने नियम कडाइका साथ पालना गराइने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
पहिरनकै आधारमा कसैको धर्म पहिचान गर्न नसकियोस भनेर अबायालाई विद्यालयमा प्रतिबन्ध लगाइएको फ्रान्सका शिक्षा मन्त्री गाब्रिएल अटलले बताएका छन् । विद्यालयमा सबै समान हुने भएकाले कुनै पनि धर्म र सम्प्रदायको पहिचान पोसाकबाट झल्किन नहुने उहाँको भनाइ छ ।
यसअघि फ्रान्समा सन् २००४ देखि नै सरकारी विद्यालयमा टाउको छोप्ने हेडस्कार्फ लगाउन प्रतिबन्ध छ
प्रतिक्रिया दिनुहोस्