
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिवोल गजुरेलले पूर्व प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको नजिर नभएकोले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई गिरफ्तार नगरिएको बताउनुभएको छ ।
सिन्धुलीमाडीमा सम्बाददाताहरुसँग कुरा गर्दै गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा मन्त्रीहरु सम्म गिरफ्तारीमा परेको नजिर भएकोले पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धमा ब्यूरो (सिआईबी)ले घरमै वयान लिएको बताउनु भयो ।
गजुरेलले माओवादी पार्टीका नेता कृष्णबहादुर महराको सुनकाण्ड सम्बन्धि आरोप पार्टी भित्रपनि विवादको विषय बनेको बताउनुभयो । सामाजिक सञ्जालमा नेता द्वय बर्षमान पुन र कृष्णबहादुर महरामाथि सुनको अबैध तस्करीको अभियोग बारे सामाजिक सञ्जालमा अध्याधिक प्रचारप्रसार भएकोले आफै क्लियर हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्