१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भिर प्रश्नहरु उठेका छन् : अध्यक्ष ओली


117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गर्नुभएको छ ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भिर प्रश्नहरु उठेको बताउनुभएको हो । उहाँले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सबै दलको सहमतीमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताउनुभयो ।