१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिम्रिक एयरमाथि कारवाही प्रक्रिया अघि नबढाउन उच्च अदालत पाटनको आदेश


0
Shares

काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयरमाथि कारवाही प्रक्रिया अघि नबढाउन नेपाल नागरिक उड्यन प्राधिकरणमाथि अन्तरिम आदेश जारी गरेको छ ।

अदालतले सिम्रिकको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकालको एकल इजलासले सोमबार प्राधिकरणलाई निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । प्राधिकरणले गत भदौ १ गते आफू अध्यक्ष रहेको मिडियाको दुरुपयोग गरेर उडान सुरक्षाविपरीतको गतिविधि गरेको भन्दै थापालाई सातदिने स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणको स्पष्टीकरणविरुद्ध सिम्रिक एयर रिट निवेदन लिएर अदालत पुगेको थियो । सोही रिटमा उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन उच्चले अन्तरिम आदेश दिई दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्राधिकरण वा महानिर्देशकबाट जारी भएको वा हुने निर्देशन वा सर्कुलरको विषयमा सम्बन्धित सरोकारकवाला र व्यक्तिले आफ्नो चासो, सरोकार र टिप्पणी व्यक्त गर्न सक्ने र त्यस्तो चासो, सरोकार वा टिप्पणीलाई प्रेसले अवश्यकताअनुसार स्थान दिन सक्ने र दिनुपर्ने आदेशमा उल्लेख छ ।