१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघिका सहमति–समझदारी कार्यान्वयनमा जोड दिइने


468
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री दाहालसँग प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभयो ।

नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने प्रधानमन्त्रीले बताउनुभयो । त्यसैगरी प्रधानमन्त्री आफ्नो दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री दाहालले सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोगको बिस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।