
सिन्धुली । सिन्धुलीमा प्रहरीले वीपी राजमार्गमा लुकाएर ल्याइएको २० किलो चाँदी बरामद गरेको छ ।
सिन्धुलीको वीपी राजमार्गमा विराटनगरबाट काठमाडौं आउँदै गरेको कारबाट खनियाखर्कमा उक्त चाँदी बरामद गरेको प्रहरीले जनाएको हो ।
प्रहरीले चाँदीसँगै कार, कारका चालक रोहितकुमार यादव र कारमा सवार शेचन मानन्धरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बरामद चाँदीको मूल्य २४ लाख ६१ हजार रुपैयाँ पर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्