
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरुको भागबण्डा गरिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताउनुभएको हो । उहाँले यसबाट आफूहरुले ऐतिहासिक अभ्यास प्रारम्भ गरेको पनि बताउनुभयो ।
प्रमुख सचेतक लेखकले यस प्रक्रियामा रास्वपालाई पनि समावेश गराउन चाहेको भएपनि सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा रास्वपालाई पनि सहमतिमा लिएर जाने बताउनुभयो ।
प्रमुख सचेतक लेखकले संसदमा रहेका विधेयकहरुलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्