१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दूषित बनाए’


91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित विश्व हिन्दू महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताउनुभयो ।

सांसद जबराले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताउनुभयो । उहाँले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरुलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताउनुभयो ।

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको उल्लेख गर्नुभयो ।