१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन स्वागत योग्य : अध्यक्ष केसी


910
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधनको स्वागत गरेको बताउनुभएको छ ।

मंगलबार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले कर्र्जा सम्बन्धी नीतिमा गरिएको संशोधनले बजारमा सकारात्मक प्रभाव परेको बताउनुभएको हो । उहाँले बैंक वित्तीय संस्थाको सीडी रेसियो ८२/८३ प्रतिशत भएपनि लगानीयोग्य पुँजीको अभाव भएको बताउनुभयो ।

अध्यक्ष सुनिल केसीले अर्थतन्त्रमा सुधार गर्न सरकारी खर्च बढाउनुपर्ने भन्दै बैंकका तरलता अभाव कायम नै रहेको बताउनुभयो । उहाँले उद्योग र अरु खालको पोर्र्टफोलियोलाई छुट्याएर सिलिङ बढाएकोमा स्वागत गर्नुभयो । राष्ट्र बैंकले ल्याएको सम्पत्ति वर्गीकरण गर्नु पर्ने सर्कुलरले भने खराब कर्जा बढ्ने केसीको भनाइ छ ।

अध्यक्ष केसीले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नदिइ डिपोजिट नदिँदा समस्या भएको बताउनुभयो । बाहिर भनिएको जस्तो तरलता सहज अवस्थामा नभएको उहाँले जिकिर गर्नुभयो । बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको केसीले बताउनुभयो ।

अध्यक्ष केसीले रेमिट्यान्समा भएको वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारले अर्थतन्त्र बलियो बन्दै गएको बताउनुभयो । बजारमा कर्जाको माग घट्दै गएको र कर्जाको माग बढ्न नसक्दा बैंकिङ क्षेत्रमा समस्या भएको बताउनुभयो ।