
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बुधबारबाट सिराहाको धनगढीमाइ नगरपालिकामा शुरु हुदैछ ।
सिराहको धनगढीमाई नगरपालिका वडा नम्बर १४ को विष्णुपुरकट्टीमा एमालेले सचिवालय वैठक राखेको हो । तत्कालीन नेकपा मालेमा मदन भण्डारीलाई महासचिव बनाउने निर्णय भएको चौथो महाधिवेशन स्थलमा एमालेले सचिवालय वैठक राखेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहान ११ बजे वैठक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वैठकमा उपाध्यक्षहरु, सचिवालयका पदाधिकारी, सदस्यहरु तथा लेखा र अनुशासन बिभागका प्रमुखहरु बैठकमा सहभागी हुनेछन् । सो स्थानलाई एमालेले ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल” भनेको छ । एमालेले सो स्थान आसपासको जमिन खरिद गरी मदन भण्डारी पार्क बनाउने तयारी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्