१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चीनको हाङ्झाउ शहरमा १९ औं एशियाली खेलकुदको रौनक


286
Shares

एजेन्सी । चीनको हाङ्झाउ शहरमा निर्धारित एशियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ ।

ट्राफिक संकेतमा समेत मानव आकृतिहरु देखाइएको छ । एशियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगिता सञ्चालन हुने समय नजिकिँदै गर्दा आयोजक हाङ्झाउ शहरमा उल्लासमय वातावरण छ ।
यस पटकको एशियाली खेलकुदमा ४० प्रमुख इभेन्ट, ६१ सब–इभेन्ट र ४८१ साना इभेन्टमा प्रतिष्पर्धा हुनेछन् । ४० खेलहरूमा ३१ ओलम्पिक र ९ गैर–ओलम्पिक खेलहरू समावेश छन्, जबकि ४० प्रमुख खेलहरू अपरिवर्तित छन्, दुई नयाँ प्रतियोगिताहरू, ई–स्पोर्ट्स र ब्रेक–डान्सिङ समावेश गरिएपछि यस खेल कुम्भमा ४ सय ८१ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ । स्पर्धामा ४५ देशका साडे १२ हजार भन्दा बढी खेलाडीहरूले भाग लिनेछन् ।

एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।