२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभामा भालुको आक्रमणबाट दुई जना गम्भिर घाइते


897
Shares

काठमाडौं । भालुको आक्रमबाट संखुवासभामा दुई जना गम्भिर घाइते भएका छन् ।

भोटखोला गाउँपालिका–४ इलामेमा बुधबार दिउँसो भालुले आक्रमणबाट दुई जना गम्भिर घाइते बनेका हुन् ।

गम्भिर घाइते हुनेमा प्रेम गुरुङ र राजमान राई रहेका छन् । गम्भिर घाइते भएका उनीहरुको स्थानीय गोला प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी गाउँपालिकाको सहयोगमा जिल्ला सदरमुकाम खाँदबारी पठाईएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

मकालुबरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएर भालुले आक्रमण गरेको बताइएको छ । आफ्नो खोरियाबारीमा काम गरी रहेको अवस्थामा भालुले आक्रमण गरेको थियो । राजमान राईभने अझै अचेत अबस्थामा रहेका छन् ।

गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भई रहेको अध्यक्ष भोटेले जानकारी दिनुभयो । भोटखोला क्षेत्रमा बर्षेनी निकुञ्जका कारण जंगली जनावरको आक्रमणमा परि सर्वसाधरणले आफ्नो घरायसी काम गर्दासमेत ज्यान गुमाउनु परेको अवस्था छ । घाइतेलाई क्षतिपुर्तिसहितको व्यवस्थाका लागि निकुञ्जसंग पहल गरीने अध्यक्ष भोटेले बताउनुभयो ।