
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले राज्यले मुलुभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताउनुभयो ।
सभापति लामिछानेले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताउनुभयो । उहाँले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
सभापति लामिछानेले व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनैपनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताउनुभयो । उहाँले नीतिले संरक्षण ग¥यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताउनुभयो ।
सभापति लामिछानेले व्यापार व्यवसाय र उद्योगी व्यवसायीहरुलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुक माथि उठ्न नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य नपर्ने बताउनुभयो । उहाँले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताउनुभयो । उहाँले पछिल्लो समय माडवाडी व्यवसायीक समुहलाई लिएर अपमान जनक टिप्पणीहरु भएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो ।
सभापति लामिछानेले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियमभन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम नगर्न नहुने बताउनुभयो ।
सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्