
काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले छ ।
आज बिहिबार दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलि रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेस, वागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्