
काठमाडौं । यस वर्षको मनसुन अवधिमा मुलुकमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ ।
यस वर्षको जेठ ३१ गतेदेखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट एक सय दुई जना घाइते भएका छन् भने २० जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मनसुन अवधिमा एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए । त्यसमध्ये बाढीमा परेर १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए ।
यस्तै पहिरोमा परेर ३८ जनाको मृत्यु, ४० घाइते र नौ जना बेपत्ता भएका छन् । यसैगरि भारी वर्षाका कारण दुई जनाको मृत्यु भयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्