२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अमेरिकालाई सिरिया–इराकको सीमानामा सैन्य बल खडा नगर्न चेतावनी


3.38k
Shares

एजेन्सी । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

दुबै देशका अधिकारीको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरका छन् । ।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकालाई क्षेत्रमा हानी नोक्शान नपु¥याउन आग्रह गरेका छन् । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिएका छन् । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताए ।

सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ ।