
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री शर्माले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताउनुभयो । उहाँले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री शर्माले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री शर्माले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरु रहेको बताउनुभयो । उहाँले नेपालको अर्थकुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री शर्माले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताउनुभयो । उहाँले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्