
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि बिहीबार छाउनीमा भर्ना हुनुभएको छ ।
अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उहाँको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।
शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा. डा. भण्डारीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रक्षामन्त्री खड्का केही दिन अस्पतालमै रहने जनाउँदै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । खतिवडा मन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्