१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतका रक्षामन्त्रीले दिए राजीनामा


702
Shares

एजेन्सी । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ ।

गत महिना नै राजीनामा दिने घोषणा गर्नुभएका वालेसले अहिले राजीनामा दिनुभएको हो । उहाँले राजीनामाको कारण भने खुलाउनु भएको छैन । बिगत अठार वर्षदेखि बेलायतमा सांसद रहनु भएका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने ब्यक्ति हुनुहुन्थ्यो ।

चार वर्ष रक्षामन्त्री रहेका कन्जर्भेटिभ नेता वालेसले नौ वर्ष अन्य मन्त्रालय सम्हाल्नु भएको थियो । बेलायती प्रधानमन्त्री ऋषि सुनकले वालेसको राजीनामा स्वीकृत गर्दै युक्रेनका लागि पश्चिमा देशहरुको सहयोग जुटाउन उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

प्रधानमन्त्री सुनकले वालेसको ठाउँमा उर्जामन्त्री रहेका ग्रान्ट शाप्सलाई नियुक्त गर्ने घोषणा गर्नुभएको छ ।