
एजेन्सी । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ ।
बिहीवार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औं शताब्दीको रहेको र यो भन्दा पहिला मन्दिरको पुनःनिर्माण १८८० मा गरिएको बताएको छ ।
यो मन्दिर एकपटक इजिप्टमा यहुदीहरुको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर १९५० को दशकमा अधिकांश यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्