
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ ।
समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव चन्द आफूलाई संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताउनुभएको हो । उहाँले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताउनुभयो ।
महासचिव चन्द आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजबादी मोर्चामा छलफल भइरहेको बताउनुभयो । उहाँले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहना विपरित अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले नेपाल देशभक्तहरुको रहेको भन्दै नेपाली स्वाधिनताको रक्षाका लागि सम्पूर्ण देशभक्तीहरु एक हुनुुपर्ने बताउनुभयो ।
महासचिव चन्द देशको स्वाधिनता रक्षा गर्न समाजबादी मोर्चाहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँले संसदलाई क्रान्तिको साधनको संज्ञा दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्