२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

काठमाडौं महानगरले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल


312
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताउनुभयो ।

उहाँले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताउनुभयो । उपमेयर डंगोलले काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।