
अर्घाखाँची ।अर्घाखाँचीमा १३ तले आकाशदेवी मन्दिर निर्माण गरीएको छ ।
व्यक्तिगत लगानीमा छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा १३ तले अग्लो मन्दिर निर्माण गरिएको हो ।
स्थानीय हिरामणी न्यौपानेले ७५ लाख भन्दा बढी लगानीमा मन्दिर निर्माण गरेको बताउनुभयो । मन्दिर निर्माणसँगै आन्तरिक र बाह्य धार्मिक पर्यटक बढ्ने विश्वास गरीएको छ ।
पैराणिक मान्यता अनुसार सोहि ठाँउमा तारा खसेकाले नामाकरण गर्दा ताराखसे राखिएको स्थानीयको भनाई छ । परापूर्वकालमा उल्का पात हुँदा उक्त स्थानमा एक प्राकृतिक पोखरीको स्थापना भएको थियो । सोही उल्काको एउटा टुक्रा केही तल गई अर्को प्राकृतिक पोखरी बनेको थियो ।
उक्त पोखरीलाई चुरनपोखरी नामकरण गरिएको जनविश्वास छ । मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन् । यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठुलो मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्