७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको अर्थमन्त्री महतको तर्क


65
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताउनुभएको हो ।

केही समस्याका बाबजुद आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै उहाँले सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गर्नुभयो ।

पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उहाँको भनाई थियो । राजस्व सङ्कलन अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री महतको भनाइ छ ।

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।