
एजेन्सी । स्पेनमा पहिलो पटक जुलाई महिनामा मात्रै १ करोड एक लाख विदेशी पर्यटकहरु भित्रिएका छन् ।
कोरोना महामारीपछि राम्रोसँग फस्टाउन नसकेको पर्यटन व्यवसायले गति लिएको हो ।
आइएनइको टुरिस्ट मुभमेण्ट्स एट बोर्डको अध्ययनले जुलाईमा एक करोड १ लाख विदेशी पर्यटक स्पेन भ्रमणमा आएको देखाएको हो । जुन २०२२ को तुलनामा ११.४ प्रतिशतले बढी हो ।
२०१९ को तुलनामा २.६ प्रतिशतले बढी हो । २०२३ को पहिलो सात महिनामा ४७.६ मिलियन विदेशीहरुले स्पेन भ्रमण गरेका थिए ।
जसमा सात महिनामा ९.८ मिलियन बेलायतीहरुले स्पेन भ्रमण गरेका छन् त्यसपछि फ्रान्सका ६.४ मिलियन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्