
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताउनुभयो ।
आचार्यले स्वच्छ वायुका लागिपनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागिपनि साईकल यात्रा उपयुक्त हुने बताउनुभयो । साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउनुभयो ।
सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । उहाँले आफूसँग साइकल चलाउने सीप भएप्नि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताउनुभयो । उहाँले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताउनु भयो । उहाँले नेपाल संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताउनुभयो । उहाँले सवारी साधनले अस्वभावीक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदुषण बढेको बताउनुभयो ।
पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।
प्रतिक्रिया दिनुहोस्