७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एकीकृत समाजवादीको नीति एमालेसँग मिल्छ, एकता गरी गाभ्नुपर्छ : उपमहासचिव गुरुङ


767
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनु भएकाे छ ।

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको शनिबार पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताउनु भएकाे हाे ।

नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी) लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेकामा उहाँको जोड थियो ।

उहाँले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बतायनुभयाे । उहाँले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने बताउनुभयो ।