
काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल वर्षाले रद्द भएको छ ।
श्रीलंकामा शनिबार भएको खेलमा भारतले दिएको २ सय ६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थाल्न नपाउँदै वर्षाका कारण खेल रद्द भएको हो ।
समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ । अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि यो समुहबाट सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।
नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ । एसिया कप क्रिकेटको समुह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्