५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एक किलो सुनसहित एक महिला पक्राउ


3.185k
Shares

काठमाडौं । रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सीमा नाकाको मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र रसुवा भन्सार कार्यालयको टोलीले चेकजाँच गर्दा चार वटा टुक्रा पारेर ल्याएको एक किलो सुन बरामद भएको हो ।