२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


247
Shares

काठमाडौं । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको जीप आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको बताइएको छ । उक्त जीपमा चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ ।

दुवैजनाको सनाखत हुन सकेको छैन ।