२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


130
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न सोमबार बैठक बोलाइएको हो ।

बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी रहेको जनाइएको छ ।

पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने तयारी समेत रहेको छ ।