
बर्दिया । बर्दियाको गुलरियास्थित कारागारबाट एक कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा ३० वर्षको सजाय कैद भुक्तान गरिरहेका अजित बुढाक्षेत्री कारागारबाट फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।
आइतबार बिहान कारागारभित्रको भवनको छतमा चढेका बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफालेर फरार भएको बताइएको छ ।
एक वर्ष कैद भुक्तान गरिसकेका फरार बुढाक्षेत्रीको खोजी भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्