२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लम्पी स्किन रोगबाट पीडित किसानलाई अब छिट्टै राहत वितरण हुन्छ : कृषिमन्त्री


104
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गर्नुभएको छ ।

मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिनुभयो ।

आइतबार सिंहदरबारमा मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताउनुभयो । उहाँले सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताउनुभयो ।

मन्त्री भुसालले रासायनिक मलको अभाव पनि नभको दाबी गर्नुभयो । शुरुमा वितरणमा केही समस्या भएपनि अहिले किसानले रासायनिक मलको समस्या झेल्नु नपरेको उहाँको भनाई थियो । मन्त्री भुसालले सरकारले कृषिमा खेतीवाली उत्पादन वृद्धिमा जोड दिएको दोहोर्‍याउनु भयो ।