२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भ्रष्टाचार र अवैैध धन्दाको छानबिन गरी जेल हाल्ने एमाले नेता बस्नेतको चेतावनी


1.612k
Shares

सिन्धुली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर गरेको भ्रष्टाचार र अवैैध धन्दाको आगामी दिनमा एमालेले छानबिन गरी जेल हाल्ने बताउनुभएको छ ।

आइतबार सिन्धुलीमा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनको उदघाटन गर्दै उहाँले पार्टी अध्यक्षमाथि जथाभावी आरोप लगाउने सिन्धुलीका सांसद राजन दाहाल समेत जेलमा जाने औल्याउनुभयो ।

कार्यक्रममा नेता बस्नेतले सुन तस्करी प्रकरणको छानविनमा सता गठबन्धनका नेताको संलग्नता देखिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ निरीह बनेको आरोप लगाउनुभयो ।