१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप


208
Shares

एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ ।

सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायलको तेल अवीवमा इरिटिया सरकार समर्थकले आयोजना गरेको कार्यक्रममा बिपक्षीले कार्यक्रम बिथोल्ने प्रयास गर्दा दुबै समुहबीच झडप भएको हो ।

झडपले उग्र रुप लिएपछी स्थिती नियन्त्रण लिने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछी प्रहरीले रबरको गोली प्रहार गरेको थियो । झडपकै क्रममा दुबै समुहले भौतिक सम्पत्तीमा समेत आगजनी गरेका छन् ।

गत सेप्टेम्बर १ मा इरिट्रियाको दूतावासले क्रान्ति दिवस मनाउन आयोजित कार्यक्रममा हिंसाको घटना भएको थियो ।

सन् १९६१ मा इथियोपिया विरुद्ध इरिट्रियाको स्वतन्त्रता युद्धको सुरुवातको रूपमा हरेक बर्ष सेप्टेम्बर ३ मा क्रान्ति दिवस मनाउने गरिएको छ ।