२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्नीकोभ बर्खास्त


1.092k
Shares

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गर्नु भएको छ ।

रेज्नीकोभको स्थानमा युक्रेनको राज्य सम्पत्ती कोषका प्रमुख रुस्टेम उमरोभलाई नियुक्त गरिएको छ । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा रेज्नीकोभले रुस र युक्रेन युद्धकाबीच ५ सय ५० दिन सम्म सेवा दिएको स्मरण गर्दै के कति कारणले बर्खास्त गरेको भन्ने खुलाउनु भएको छैन ।

साथै उहाँले रुसँंगको जारी युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री बदलीएको प्रष्टोक्ती दिनुभएको छ ।