
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।
आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्डले पहिलो गोल गरेपनि टोलीलाई जिताउन सकेनन् । आर्सनलका मार्टिन ओडेगार्ड, डेक्लन राइस र ग्याब्रियल जिससले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले एस्टन भिल्लामाथि ३–० को जित निकाल्यो । लिभरपुलका लागि मोहोमद सालाह र डोमिनिक जोबोस्लाईले एक एक गोल गर्दा एस्टन भिल्लाका म्याटी क्यासले एक आत्माघाति गोल गरे ।
आइतबार रातिको अर्को खेलमा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले पराजित गर्यो । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ४ खेलबाट १२ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।
समान खेलबाट १०–१० अंक जोडेका टोटनह्याम हट्सपर, लिभरपुल, वेष्ट ह्याम युनाइटेड र आर्सनल शिर्ष पाँचमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्