
काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा मन्त्रालय सम्बन्धमा मौखिक प्रश्नहरू सोध्ने र विभागीय मन्त्रीहरुले तिनको उत्तर दिने कार्यसूची रहेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्