
काठमाडौं । बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गरिने भएको छ ।
धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई लक्षित गरी सवारी अनुमतिपत्र परीक्षाको आवेदन आइतबारदेखि लिन थालिएको बाग्लुङ यातायात कार्यालयले जनाएको छ ।
यी जिल्लाका सेवाग्राहीहरु अहिलेसम्म सवारी अनुमतिपत्रका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपांग्रेको प्रयोगात्मक परीक्षा बागलुङमा हुन सकेको थिएन ।
ट्रायलका लागि मापदण्ड अनुसारको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्