
काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार साेमबार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १९ सय ६७ कायम भएर थामियो । सुरुवाती समयमा केही तीब्र गतिमा उकालो लागेर १९ सय ७७ सम्म पुगेको नेप्सेमा अन्तिम सम्म उक्त गति कायम हुन सकेन ।
मात्र वित्त समूह नगन्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छाउँदा अर्बमाथिको कारोबार भयो । व्यापार समूहमा सबैभन्दा उच्च १ प्रतिशत बढीको बृद्धि आउँदा जलविद्युत समूह करिब १ प्रतिशतले बढ्यो । बाँकी अधिकांश समूह दोहोरो अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७० कम्पनीको ३४ लाख ३२ हजार कित्ता शेयर १ अर्ब १० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय २६ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो । यसदिन थ्री स्टार हाइड्रो, डोल्टी पावर, ग्रीन भेन्चर्स, रुरु जलविद्युत, आशा लघुवित्त र अपर स्यांगेलगायत कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्