११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकारले नेपालको चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छ : महेश बर्ताैला


234
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा)लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनुभएको हो ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सचेतक महेश बर्ताैलाले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताउनुभयो । चीनले नेपालको नक्सा पनि समेटदा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै उहाँले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनुभयो ।

सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्‍याउनुभयो । उहाँले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहोर्‍याउनुभयो ।