
१८ भदौ, काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
श्रीलंकामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।
३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।
प्रतिक्रिया दिनुहोस्