२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसी अनुगमन समिति बनाउने एकीकृत समाजवादीको निर्णय


130
Shares

काठमाडौं । दल नेकपा (एकीकृत समाजवादी) ले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकमा एमसीसी १२ बुँदे नेपालको सम्झौता बिनै कार्यान्वयनमा लगिएको धारणा राखेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी परियोजनाको निरीक्षणका लागि पार्टीले ५ सदस्यीय एमसीसी अनुगमन समिति बनाउने र त्यसको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहनुभएको बताउनुभयो । उहाँले सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ एकजना राख्ने निर्णय भएको पनि बताउनुभयो ।

उहाँले पार्टी आजपनि व्याख्यात्मक घोषणालाई अंग बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।