२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य


1.079k
Shares

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपाल र भारतबीचको खेलमा ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गर्‍यो । नेपालका लागि आसिफ शेखले ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए । त्यस्तै, नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए ।