
काठमाडौं । कोशी प्रदेशका मूख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्धमा परेको रिटमाथिको बहस सर्वोच्च अदालतमा मंगलबार पनि निरन्तर हुने छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि सुरु भएको बहस मंगलबार पनि जारी रहने छ ।
मंगलबार प्रतिवादी पक्षका वकिलहरुले वहस गर्ने छन् । बुधबारसम्ममा बहस सकिएर आदेश आउनसक्ने संभावना रहेको छ ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले विश्वासको मत लिंदा प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिले पनि मतदान गरेको भन्दै त्यसविरुद्ध सर्वोच्चमा रीट हाल्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्