१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते


208
Shares

काठमाडौं । अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अपरान्ह ३ बजे चट्याङ लाग्दा स्थानीय २० वर्षीय मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ ।

यता, गुल्मीको मुसिकोटमा चट्याङ लागेर ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार दिउँसो कक्षा चलिरहेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते मध्ये ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको र ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको पनि प्रहरीले बताएको छ ।