२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युक्रेनको खाद्यान्न निकासी खुलाउने प्रयास असफल


754
Shares

एजेन्सी । कृष्णसागर हुदै युक्रेनको खाद्यान्न विश्व बजारमा पठाउने प्रयास असफल भएको छ ।

संयुक्त राष्ट्रसंघको पहलमा युक्रेनको खाद्यान्न निकासी गराउने पहल गरेका टर्कीका राष्ट्रपति रिसेप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता असफल भएको हो । वार्तामा पुटिनले पश्चिमा देशहरु रुसका माग पूरा गर्न तयार नभएसम्म कृष्णसागर हुदै युक्रेनी खाद्यान्न विश्व बजारमा जान नदिने स्पष्ट पार्नुभएको हो ।

पुटिनले कम्तिमा कृष्णसागर करिडोर सैन्य प्रयोजनका लागि प्रयोग हुँदैन भन्ने ग्यारेन्टी नभएसम्म बाटो खुला नगर्ने बताउनु भएको हो । आफ्ना चासोप्रति बेवास्ता गरेको भन्दै रुसले गत जुलाईदेखि कृष्णसागर हुँदै खाद्यान्न निकासी गर्ने सहमतिबाट पछि हटेको छ ।

खाद्यान्न निकासी रोकिंदा युरोप, पश्चिम एशिया र अफ्रिकी देशहरुमा खाद्यान्न संकट बढेको छ ।