१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली क्रिकेट टोली भोली स्वदेश फर्किँदै


2.379k
Shares

काठमाडौं । पाकिस्तान र श्रीलंकामा जारी एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम भोली स्वदेश फर्किने भएको छ ।

नेपाली टोली बुधबार दिउँसो साढे १२ बजे श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

पहिलो पटक एसिया कप खेलेको नेपाली टोलीले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । समूह चरणका दुवै खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । नेपालले एसिया कपको पहिलो खेल पाकिस्तानको मुल्तान र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

प्रतियोगिताको समूह चरणबाटै बाहिरिएपनि नेपालले सोमबार भारतसँग खेलेको खेलको भने प्रशंशा भईरहेको छ ।